दफा २५
अनुसन्धान र तहकिकात गर्ने
(१) कुनै व्यक्तिले भ्रष्टाचार गरेको छ वा गर्न लागेको छ भन्ने कुरा कुनै सूचना वा स्रोतबाट वा कसैको उजुरीबाट अनुसन्धान अधिकारीले जानकारी पाएमा तत्सम्बन्धमा आवश्यक अनुसन्धान र तहकिकात तथा अन्य कारबाही गर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिले भ्रष्टाचार गरेको छ वा गर्न लागेको छ भन्ने कुराको जानकारी अनुसन्धान अधिकारीले कुनै स्रोतबाट पाएमा त्यस्तो अधिकारीले छापा मार्ने, कागजात वा मालसामान बरामद गर्ने वा मानिस पक्राउ गर्ने लगायत मौका तहकिकातको काम गर्न सक्नेछ ।